आङ्करा- अवैध आप्रवासीहरूलाई बोकेको डुङ्गा दुर्घटना हुँदा टर्कीमा कम्तीमा आठ जनाको मृत्यु भएको छ।
_x000D__x000D_
घटनामा परी बुधबार अन्य २५ जना बेपत्ता भएको र उनीहरूको खोजी कार्य भइरहेको अधिकारीहरूले बताएका छन्।
_x000D__x000D_
उद्धारकर्ताहरूले घटना लगत्तै खोजी गर्दा मृत्यु भएकाको शव भेट्टाएका थिए भने मृत्यु हुनेहरूको सङ्ख्या थप बढ्न सक्ने अनुमान पनि गरेका छन्।
_x000D__x000D_
मृत्यु भएका र बेपत्ता भएकाहरू कुन कुन देशका थिए भन्ने एकिन भइनसकेको अधिकारीहरूले बताएका छन्।
_x000D__x000D_
टर्कीमा बेलाबेलामा भइरहने यस्ता डुङ्गा दुर्घटनामा परी वर्षेनी सयौँको मृत्यु हुनेगरेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।