काठमाडौं– गायिका बानिका प्रधानले दसैंको अवसर पारेर आधुनिक शैलीको नयाँ गीत ‘मायाको रंग’को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्। दसैंको अवसरमा दर्शक तथा श्रोताहरुका लागि नयाँ गीत बजारमा ल्याएको गायिका प्रधानले बताइन्।
_x000D__x000D_
आधुनिक शैलीमा तयार पारिएको गीतबाट सकारात्मक प्रतिक्रिया पाउनेमा आफू आशावादी रहेको पनि उनले जनाइन्।
_x000D__x000D_
मेघराज लगुनको संगीत रहेको गीत स्नेहश्री थापा र सुरेश वाग्लेले लेखेका हुन्। सुमित विश्वकर्मा गीतका संगीत संयोजक हुन्। गीतमा सांगीतिक समूह कुटुम्बका संगीतकर्मीहरुले वाद्य यन्त्र बजाएका छन्। गीतमा कुटुम्बका रुविन कुमार श्रेष्ठले बाँसुरी तथा राजु महर्जनले मादल र धिमे बाजा बजाएका छन्। राजा चौधरीले गितार तथा मेन्डोलिनमा साथ दिएका छन्।
_x000D__x000D_
गीत भारतको कोलकातास्थित जे रोय वन स्टुडियो तथा काठमाडौंस्थित डोरेमी स्टुडियोमा रेकर्डिङ गरिएको हो।
_x000D__x000D_
अमेरिकामा छायांकन गरिएको गीतको म्युजिक भिडियोलाई गायक तथा संगीतकार सुरेन्द्रमान सिंहले निर्देशन गरेका हुन्। भिडियोमा हीरा रसाइली र नन्द लगुनको अभिनय देख्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।