ढाका- बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणमा दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ।
_x000D_
_x000D_तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो। आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए।
_x000D_
_x000D_तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान सोही घटनामा संलग्न भएको भन्दै आजिवन कारावासको सजायँ सुनाइएको बंगलादेशी सञ्चार माध्यमहरुले जनाएका छन्। उनी समेतका ४९ जना विरुद्ध उक्त आक्रमणको आरोप लागेको थियो । रहमानमाथि आक्रमणको योजना बनाएको आरोपमा मुद्दा चलेको छ। पचास वर्षीय रहमान भने सन् २००८ मा देश छाडेर बेलायतको लन्डनमा निर्वासित जीवन व्यतित गरिरहेका छन् ।
_x000D_
_x000D_भ्रष्टाचारको आरोपमा गत फेब्रुअरीमा पाँच वर्षका लागि खालेदा जिया जेलमा थुनिएपछि निर्वासनबाटै रहमानले प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को नेतृत्व गरिरहेका छन्।
_x000D_
_x000D_“हामी फैसलाका लागि भगवानलाई धन्यवाद दिन्छौं,” कडा सुरक्षाबीच सरकारी वकील मोसाराफ होस्सैनले भने “हाम्रो आशा छ तारिक रहमानले पनि मृत्युदण्ड पाउने छन्।”
_x000D_
_x000D_होस्सेनले ढाकाको आक्रमणमा रहमानले नै मुख्य भूमिका निर्वाह गरेको दाबी गरे। उनले पूर्वगृहमन्त्री समेत दुईजना मन्त्री र जासूसी संस्थाका दुईजना पूर्वप्रमुखहरुमाथि पनि मृत्युदण्डको फैसला भएको बताए।
_x000D_
_x000D_बंगलादेशमा प्रतिबन्धित हर्कत–उल जिहाद अल इस्लामी (हुजी) सँग आबद्ध १५ जना लडाकूलाई पनि उक्त आक्रमणका मुख्य दोषी ठहर गर्दै मृत्युदण्ड दिने फैसला भएको होस्सैनले जानाकारी दिए। उक्त संस्थाका प्रमुखलाई गत वर्ष अप्रिलमै मृत्युदण्ड दिइएको थियो।
_x000D_
_x000D_सरकारी अधिवक्ताहरुले पूर्वमन्त्री अब्दुस सलाम पिन्टुले हुजीका लडाकूलाई ग्रिनेड दिएको दाबी गरेका छन्। ग्रिनेड बिस्फोट हुँदा र्यालीमा हसिनाले सम्बोधन गरिरहेकी थिइन् । बिस्फोटबाट हसिनाको कानमा गम्भीर चोट लाग्नुका साथै पूर्वराष्ट्रपतिकी पत्नीको पनि मृत्यु भएको थियो।
_x000D_
_x000D_चार वर्षपछि डिसेम्बर २००८ मा भएको निर्वाचनमा हसिनाले बहुमत प्राप्त गरिन्।
_x000D_
_x000D_बंगलादेशमा मृत्युदण्डको सजाय दिइनु सामान्यझैं भएको छ। सबैजसो मृत्युदण्ड झुण्ड्याएर दिने गरिएको छ।
_x000D_
_x000D_सन् २००७ यता नै कम्तीमा नौ जना इस्लामिक अतिवादी, पाँच जना मुलुकका सबैभन्दा ठूलो इस्लामिक पार्टीका नेता र एक जना वरिष्ट प्रतिपक्षी नेतालाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ।
_x000D_
_x000D_रहमानका वकील सनाउल्लाह मियाले भनर्र हमानका विरुद्ध लगाइएका आरोपहरु राजनीतिक प्रेरित भएको दाबी गरेका छन्। उनले अदालतको फैसलाको समय पनि शंकास्पद रहेको बताए। भनेः आगामी डिसेम्बरमा हुने संसदीय चुनावअघि यो सजाय सुनाइएकोमा आपत्ति छ।
_x000D__x000D_
-एएफपी
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।