पर्वत– मुलुकभर बलात्कार र हत्याका घटना भइरहेका बेला ६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा १२ वर्षे बालक पुर्पक्षका लागि बाल सुधारगृह चलान भएका छन्।
_x000D__x000D_
बालिका बलात्कार अभियोगमा १२ वर्षीय बालक पर्वत जिल्ला अदालतको मंगलबारको आदेशले पुर्पक्षका लागि सुधारगृह चलान भएका हुन्।
_x000D__x000D_
जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको आदेशले बालकलाई बाल सुधारगृह सराङ्कोट कास्की पठाइएको छ ।
_x000D_
_x000D_पर्वतको जलजला गाउँपालिका–३ का ती बालकले असोज २ गते छिमेकमा डेरा गरी बस्ने ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप पीडित बालिकाले लगाएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो।
_x000D__x000D_
पीडित बालिकाको मेडिकल रिर्पोटमा समेत बलात्कार भएको देखिएको छ। प्रहरीले जबर्जस्ती करणी मुद्दाअन्तर्गत उजुरी दर्ता गरेको थियो।
_x000D__x000D_
मुद्दा दर्तापछि प्रहरीले बालकलाई अभिभावकको संरक्षण तथा निगरानीमा रहने गरी घर पठाएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।