काठमाडौं- बुधबारको लागि बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सारिएको छ।
_x000D__x000D_
स्थायी समिति बैठकका लागि पेश गरिने एजेन्डा तय गर्नको लागि बोलाइएको बैठक २७ गतेको लागि सारिएको हो।
_x000D__x000D_
बुधबार बोलाइएको बैठकले स्थायी समितिको मिति तय गर्ने बताइएको थियो। वरिष्ठ नेता माधवकुमार नेपालले राखेको असहमतिका विषयमा पनि आगामी सचिवालय बैठकमा छलफल हुने बताइएको छ।
_x000D__x000D_
प्रदेश कमिटी गठनको पूर्णता, जिल्ला कमिटी र जनवर्गीय संगठनको एकता प्रक्रिया टुंग्याउने सचिवालयका कार्यसूची रहेका छ्न्।
_x000D__x000D_
बैठकले काठमाडाैं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्य रामवीर मानन्धर ले दिएको राजीनामा पनि स्वीकृत गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।