काठमाडौं- फिल्म ‘देश खोज्दै जाँदा’ एकैपटक दुई वटा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट भएको छ। अमेरिका र युरोपका दुई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका लागि नेपालबाट ‘देश खोज्दै जाँदा’ छनौट भएको हो।
_x000D__x000D_
युरोपमा हुने ‘रिफ्युजी वेलकम फिल्म फेस्टिभल’ र ‘फिलाडेल्फिया एशियन अमेरिकन फिल्म फेस्टिभल’का लागि अफिसियल रुपमा फिल्म छनौटमा परेको हो।
_x000D__x000D_
दर्जनौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागिता जनाइसकेको फिल्मले नेपालमा पनि विभिन्न अवार्डहरु हात पारिसेकेको छ। त्यस्तै फिल्मले ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा बेस्ट जुरी अवार्ड पनि जितिसकेको छ।
_x000D__x000D_
नोभेम्बर ८ देखि १८ गतेसम्म हुने ‘फिलाडेल्फिया एशियन अमेरिकन फिल्म फेस्टिभल’मा फिल्मले क्लोजिङ स्क्रिनिङको अवसर पाएको छ भने अक्टोबर २५ बाट ३१ सम्म बर्लिनमा हुने रिफ्युजी वेलकम फिल्म फेस्टिभलमा २८ अक्टोबर साझ स्क्रिनीङ हुनेछ।
_x000D__x000D_
अन्तर्राष्ट्रिय रुपमा नेपालको प्रतिनिधित्व गर्न पाएकोमा फिल्मका निर्देशक प्रकाश आङ्देम्बेले आफू खुसी रहेको प्रतिक्रिया दिए। उनले फिल्ममा काम गरेको केही वर्ष पछिसम्म पनि पाएको माया, प्रेम र अवसरले भविष्यमा थप काम गर्ने हौसला समेत मिलिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।