_x000D_काठमाडौं- बलिउड अभिनेत्री काजोल अभिनित फिल्म ‘हेलिकप्टर इला’को नयाँ गीत ‘डुबा-डुबा’ सार्वजनिक भएको छ। गीतमा कोजालको फरक-फरक क्यारेक्टर देख्न सकिन्छ। उक्त गीतमा प्रेमिका, श्रीमती र एक आमाको भूमिका निर्वाह गरेकी काजोललाई 'इमोसनल' देख्न सकिन्छ।
_x000D__x000D_
स्वानन्द किरकिरेको शब्द तथा अमित त्रिवेदीको संगीत रहेको गीतमा अर्जित सिंह र सुनिधि चौहानको स्वर छ।
_x000D__x000D_
आफ्ना सपना त्यागेर सन्तानका लागि गरेको संघर्षको कथा फिल्ममा प्रस्तुत गरिएको छ। प्रदीप सारकारको निर्देशनमा तयार फिल्म अक्टोबर १२ मा प्रदर्शनमा आउने छ।
_x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।