काठमाडौं– ‘माधवजीलाई सम्झाउँदै गर्नुहोला, सचिवालय बैठक डाकौं’ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको संवाद उधृत गर्दै वालुवाटार स्रोतले जानकारी दियो, ‘दुई घण्टाको छलफलपछि सचिवालय बैठक आइतबारलाई डाकिने भइएको छ।’
_x000D__x000D_
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी आइतबार २१ असोजमा बस्ने भएको जानकारीलाई महासचिव विष्णु पौडेलले पनि पुष्टि गरेका छन्। नेपाल लाइभसँगको संक्षिप्त कुराकानीमा भने, ‘समसामयिक राजीनितका विषयमा छलफल गर्न बैठक तय गरिएको हो।’
_x000D__x000D_
अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको छलफलको मूल विषय तल्लो तहसम्मको पार्टी एकिकरण र सरकारका कामकारवाहीबारे केन्द्रित रहेको प्रचण्ड निकट नेताले बताएका छन्।
_x000D__x000D_
श्रीमतीको उपचारार्थ भन्दै सिंगापुर जानुअघि प्रचण्डले केही मिडियाकर्मीहरुलाई खुमलटार घरमै बोलाएर सरकारले सोचेजति काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्ति गरेका थिए। उनले दलको एकिकरण जुन उद्देश्यसहित गरिएको थियो त्यसको जवाफ पनि तयार भइनसकेको भन्दै अर्थपूर्ण कुरा सार्वजनिक गरेका थिए।
_x000D__x000D_
त्यति मात्र होइन प्रधानमन्त्री पद पालैपालो चलाउँनेबारे पनि दुई नेताबीच सहमति भएको दाबी उनले दोहोर्याएका थिए।
_x000D__x000D_
प्रधानमन्त्री ओली राष्ट्रसंघीय महासभामा भाग लिन र प्रचण्ड श्रीमतीको उपचारार्थ सिंगापुर भएकै बेला बर्खे सदनको अन्तिम दिन यता अर्का वरिष्ठ नेता माधव नेपालले सदनमै सरकारको कडा आलोचना गरेपछि पार्टीभित्र शक्ति संघर्ष चर्किएको अनुमान गरिएको थियो।
_x000D__x000D_
आजको छलफलमा प्रधानमन्त्री केपी ओलीले सरकारले राम्रा योजना र कामहरु गर्दागर्दै आफ्नै दलभित्रबाट सार्वजनिक आलोचना हुनु राजनीतिक संस्कार विपरित कुरा रहेको र यसले आफ्नो चित्त दुखेको कुरा प्रचण्डलाई सुनाएका थिए।
_x000D__x000D_
जवाफमा प्रचण्डले, पार्टीलाई अनुशासित र सरकारलाई अझै चुस्त गराउन आफ्ना तर्फबाट अवरोध नहुने बरु सहयोग रहने आश्वासन ओलीलाई दिएको वालुवाटार स्रोतले जनाएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।