काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्। राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन असोज ६ गते अमेरिका गएर ओली बिहीबार स्वदेश फर्किएका हुन्।
_x000D__x000D_
त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले भ्रमण सफल र फलदायी भएको बताए।
_x000D__x000D_
उनी देश बाहिर रहेका बेला संसदमा सम्बोधनका क्रममा माधव नेपालले देश डुब्न लागेको भनेको प्रसंगलाई ओलीले व्यंग्यात्मक जवाफ फर्काएका थिए। पत्रकारहरुको जिज्ञासामा जवाफ फर्काउँदै उनले भने, 'बोल्दै जाँदा पुरानो गीतहरु सम्झनामा आउँछ', त्यसैलाई ठूलो कुरा बनाउनुपर्ने केही पनि छैन।'
_x000D__x000D_
'के कुरामा अलिकति चित्त बुझेको हुँदैन। कविमनले कवितामा, लयात्मक ढंगले केही कुरा भनिहालियो भने त्यसैलाई समातेर कुदिहाल्नुपर्ने केही छैन', प्रधानमन्त्री ओलीले भने', उहाँ (माधव नेपाल)सँग आफ्नो सम्बन्ध २९ सालदेखि लगातार छ। घनिष्टता र मित्रता छ। सँगै काम गरेका छौं। सम्बन्धमा चिन्ता छोडेर ढुक्क हुन आग्रह गर्छु।'
_x000D__x000D_
अघिल्लो साता संसदको बैठकमा बोल्दै माधव नेपालले देश डुब्न लागेको भन्दै बचाउने माझी कोही छ कि भन्ने अाशययुक्त कविताबाट आफ्नो सम्बोधन सुरु गरेका थिए। नेपालको सो अभिव्यक्तिपछि नेकपाभित्र दुई पक्षबीच विवाद हुँदै आएको छ।
_x000D__x000D_
उनले सरकारको गति सबैले देखेको स्मरण गराउँदै सरकार पाँच वर्ष चल्ने, चुनाव गराउने र अझ बलियो भएर आउने बताए।
_x000D__x000D_
उनले अहिलेको बजेटले साउन र भदौ गरी जम्माजम्मी दुई महिनामात्रै काम गर्न पाएको भन्दै यो भएन र त्यो भएन भनेर आलोचना गर्नु जरुरी नभएको बताए। 'मानिलिऊ, नेपाल गरिब यो सात महिनामा भएको हो जस्तो गरेर, नेपालका बाटा सात महिनामा नबनेका हुन्, पहिले त बाटैबाटा थिए, पिचैपिच थिए, चौडा बाटाहरु थिए जस्तो गरेर जो चर्चा गरिन्छ', प्रधानमन्त्रीले भने, 'त्यो अरुलाई गाली गरेर सन्चो मान्ने कुरा जस्तो मात्रै हो।'
_x000D__x000D_
प्रधानमन्त्रीले २७ सेप्टेम्बरका दिन संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेका थिए। 'यस पटकको सम्बोधनमा मैले संविधान जारी भएसँगै राजनीतिक संक्रमणकाल अन्त्य भएको, द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याएको र नेपालले अवलम्बन गरेको स्वतन्त्र परराष्ट्र नीति तथा नेपालको विश्व सम्बन्धमा बढेको पहुँचको विषय सहित विगत १२ वर्षमा सम्पन्न भएको युगान्तकारी राजनीतिक परिवर्तन र नेपालले हाल अवलम्बन गरेको आर्थिक समृद्धिको दिशा र सुशासनको नीतिका बारेमा धारणा राखे', प्रधानमन्त्री भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।