डडेलधुरा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा बम दिदीबहिनीका माध्यमबाट मात्रै पत्ता लाग्ने दाबी गरेका छन्।
_x000D__x000D_
पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकार र प्रहरी संगठनकै आलोचना भइरहेका बेला पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका बलायरले बम दिदीबहिनीबाट घटनाको सबै पोल खुल्ने दाबी गरे।
_x000D__x000D_
बुधबार नेपाल प्रेस युनियन डडेलधुरा शाखाको चौथो जिल्ला अधिवेशनमा बोल्दै नेता बलायरले बम दिदीबहिनीहरुले मात्रै हत्यारा र बलात्कारीलाई देखेको दाबीसमेत गरे। ‘हत्यारा पत्ता लगाउन कहीं पनि जानु पर्दैन्, बम दिदीबहिनीहरुका माध्यमबाट हत्यारा पत्ता लाग्छ।’, उनले भने, ‘उनीहरुले हत्यारा देखेका छन्, बलात्कारी देखेका छन्, उनीहरुबाहेक अर्को माध्यमबाट हत्यारा पत्ता लाग्न सक्दैन।’
_x000D__x000D_
निर्मला पन्तको हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसले खटाएको टोलीमा समेत रहेका बलायरले निर्मलाका हत्यारा बम दिदीबहिनीबाहेक अरुलाई थाहा नभएको ठोकुवा गरे।
_x000D__x000D_
निर्मला १० साउनमा रोशनी बमको घरमा गएकी थिइन्। त्यो घरमा रोशनी र उनकी दिदी बबिता मात्र बस्थे। छोरी नआएपछि साँझ आफू खोज्न जाँदा बबिताले आफूलाई नराम्रो व्यवहार गरेको निर्मलाकी आमा दुर्गादेवी पन्तले समेत बताउँदै आएकी थिइन्।
_x000D__x000D_
प्रधानमन्त्री केपी शर्मा ओलीले बम दिदीबहिनीको बचाउ गर्नेगरी अभिव्यक्ति दिनुले पनि उनीहरुमाथि थप शंका लागेको उनको भनाइ थियो। पूर्वमन्त्री बलायरले सरकार नै बलात्कारीलाई कारबाही गर्नुको सट्टा जोगाउन खोजिरहेको आरोप लगाए।
_x000D__x000D_
अर्को प्रसंगमा कांग्रेस नेता बलायरले प्रदेश ७ को नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे। सुदूरपश्चिम नाम राख्ने निर्णय राष्ट्रघाती भएको उनको ठकर छ। ‘प्रदेशसभाले हाम्रो इतिहास मेट्ने गरी प्रदेशको नाम सुदूरपश्चिम राखेको छ।’, उनले भने, ‘यसले हाम्रा संस्कृति धरोहर, सम्पदाहरु सबैको अवमूल्यन भएको छ।’
_x000D__x000D_
उग्रतारा, शैलेश्वरी, गोदावरी, खप्तड, सेतीकाली नामहरु राख्न सकिने भन्दै उनले ‘किन सुदूरपश्चिम राखियो?’ भन्ने प्रश्न गरे। प्रदेशको स्थायी मुकाम धनगढी तोकिँदा मन्त्री रहेका बलायरले प्रदेश राजधानी कैलालीको गोदावरी भएकोमा आपत्ति जनाए।
_x000D__x000D_
उनले स्थानीय सरकार सञ्चालनका क्रममा तीब्र भ्रष्टाचार भइरहेको दाबी गरे। अहिलेको जस्तो भ्रष्टाचार इतिहासमै नभएको बताउँदै उनले यस बारेमा कलम चलाउन पत्रकारहरुलाई आग्रह समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।