काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापति प्रतिनिधीसभाको सदस्य रहेको अवस्थामा संसदीय दलको नेता स्वतः हुने भनि राखिएको प्रस्तावप्रति आपत्ति जनाएका छन्।
_x000D__x000D_
विधान मस्यौदा समितिमा बुधबार सार्वजनिक गरेको प्रस्तावप्रति नेपाल लाइभलाई प्रतिक्रिया दिँदै कोइरालाले प्रस्तावित मस्यौदाले सभापतिको एकाधिकार झनै बढ्ने बताए। उनले भने, ‘जसले यो प्रावधान राख्न भनेपनि गैर जिम्मेवार हो।’
_x000D__x000D_
विद्यमान विधानमा भने संसदीय दलको नेतामा सर्वसम्मत हुन नसके मतदानबाट दलको नेता छनोट हुने प्रावधान छ। अबको खुला समाजमा सभापतिलाई निरकुंश बनाउने गरी आएको विधानले विवाद ल्याउने उनको जिकिर छ।
_x000D__x000D_
लोकतान्त्रिक दलमा स्वतः संसदीय दलको नेता बनाइने पद्धति अस्विकार्य हुने उनको भनाइ छ। साथै, कोइरालाले केन्द्रीय कार्यसमितिको अधिकार प्रादेशिक संगठनहरुमा प्रत्यायोजन गरिएकाले केन्द्रीय कार्यसमितिको संख्या बढाउन नहुने तर्क राखे। पदाधिकारीको संख्या बढाउने प्रस्तावलाई स्वीकारेका कोइरालाले सबै पदाधिकारी निर्वाचित हुनुपर्ने राय राखे।
_x000D__x000D_
सभापतिलाई शक्तिशाली बनाएर निरंकुश बनाउन खोजेको भन्दै उनले आपत्ति जनाए। ‘निरंकुश सभापति बनाउन खोज्नुको अर्थ पार्टीमा दुई चिरा रहिरहोस् भन्ने मनसाय हो।’, कोइरालाले भने।
_x000D__x000D_
उनले विधान संशोधन हुने बित्तिकै अधिवेसनको तयारीमा जानुपर्ने बताए। संशोधन हुने बित्तिकै सावधान लागु हुने भनिएको बताउँदै उनले भने, ‘यसबाट हामी कुन स्वार्थले संशोधन गर्न खोज्दैछौं भन्ने स्पष्ट हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।