राजविराज– राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेस आन्दोलनको भावना समेटेर संशोधन नगरे संविधानलाई ‘ग्रह–दशा’ लाग्ने चेतावनी दिएका छन्।
_x000D__x000D_
सप्तरी सदरमुकाम राजविराजमा बुधबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान संशोधनको विषयमा सकारात्मक आश्वासन पाएकै कारण राजपाले सरकारलाई समर्थन गरेको बताए।
_x000D__x000D_
दुई तिहाइको शक्तिशाली सरकार संविधान संशोधनका विषयमा ‘टसमस’ नहुनु दुःखद भएको महतोको भनाइ छ। ‘सरकार संविधान संशोधनको ‘स’ पनि उच्चारण गरिरहेको छैन,’ उनले भने,'यस्तै रवैया रहे संविधानलाई ग्रह दशा लाग्छ।’
_x000D__x000D_
मधेशी, आदिवासी, जनजाती तथा सीमान्तकृत वर्गको माग र भावनालाई समेटेर संविधान संशोधन नगरे वर्तमान संविधानको हालत पनि विगतका ६ वटा संविधान जस्तै हुने उनको चेतावनी छ।
_x000D__x000D_
संविधान संशोधन, रेशम चौधरीको सपथ ग्रहण, झुठा मुद्दा लगाएर जेलमा राखिएका आन्दोलनकारीको मुद्दा फिर्ता लगायतका विषयमा सरकार जिम्मेवार नभए चाडपर्व सकिए लगत्तै सडक तथा सदन दुवै ठाउँवाट सरकार विरुद्ध आन्दोलन चर्काउने उनले बताए।
_x000D__x000D_
‘आउँदो सोमबार हरेक जिल्ला प्रशासन कार्यालय र सिधै प्रधानमन्त्री कार्यालय मार्फत पनि हामीले सरकारलाई चेतावनी दिदैछौं’ उनले भने, ‘त्यसको सुनुवाई भएन भने चाडवाड सकिए लगत्तै संघर्षको कार्यक्रम सुरु हुन्छ।’
_x000D__x000D_
ओली सरकारः ‘खोदा पहाड निकला चुहा’
_x000D__x000D_
मुलुकको समग्र विकास, शान्तिसुरक्षा र सुशासनको नारा बोकेको वर्तमान सरकार चौतर्फी रुपमा असफल भएको महतोले बताए।
_x000D__x000D_
‘जनताले यही आशामा कम्युनिष्टहरुलाई झण्डै दुई तिहाइ मत दिए,’ उनले भने, ‘तर सरकारले जनभावना अनुसार काम गर्न सकेको छैन।’
_x000D__x000D_
हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारी, कालोबजारी र मूल्यवृद्धि तीव्र रुपमा बढेको जनाउँदै उनले भने,‘यो सरकारको अवस्था खोदा पहाड निकला चुहा भने जस्तै छ।’
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।