काठमाडाैं- बलिउड अभिनेत्री तनुश्री दत्ता र अभिनेता नाना पाटेकरबीचको विवाद पछिल्लो समय चर्चामा छ। तनुश्रीले सन् २००८ मा निमार्ण भएको फिल्म ‘हर्न ओके प्लिज’को सुटिङका क्रममा पाटेकरले आँफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। केही दिनअघि एक सञ्चार माध्यममा अन्तर्वाता दिँदै तनुश्रीले फिल्मको आइटम गीत सुटिङका क्रममा पाटेकर आफूसँग नजिक हुन चाहेको र आफू त्यसका लागि तयार नभएपछि जबरजस्ती गर्न खोजेको आरोप लगाएकी थिइन्। यो विषयले बलिउडमा अहिले विवादको मसलाको काम गरिरहेको छ। यही विवादका कारण तनुश्रीले आफू बिरामी परेको कुरा व्यक्त गर्न सामाजिक सञ्जालको बाटो रोज्न बाध्य हुुनुपरेको छ।
_x000D__x000D_
तनुश्रीको यस्तो आरोप पाटेकरले खण्डन गरेका छन्। ‘यतिबेला म सुटिङको लागि अन्यत्रै गएको छु। अक्टोबर ७ र ८ मा मुम्बई पुगेर पत्रकार सम्मेलनका साथ सञ्चारकर्मीका क्यामरा अगाडि सबै कुरा भन्नेछु। यो कुरा लुकाउनुपर्ने मसँग कुनै कारण छैन’ मुम्बई टाइम्ससँग कुरा गर्दै पाटेकरले भने। ‘तपाईंलाई कसरी लाग्छ कि, म त्यति तल्लो स्तरमा गिर्न सक्छु’उनले थपे। ‘सुटिङ सेटमा रहेका अन्य कलाकारबीच त्यस्तो गर्न सम्भव छ? के आम मानिस मेरा बारेमा केही जान्दैनन्? त्यसैले मेरो प्रतिष्ठित चरित्र र छवि फेरि प्रमाणित गर्न आवश्यक ठान्दिन’ उनले फोनमा प्रतिक्रिया दिए।
_x000D__x000D_
आफूमाथि लगाइएका आरोप निराधार रहेको समेत पाटेकरले उल्लेख गरेका छन्। ‘यी सबै आरोप झुटा र मेरो प्रतिष्ठा ध्वस्त पार्न उद्यत छन्। तनुश्री गलत बोलिरहेकी छन्। म उनलाई अरु केही गर्न नसके पनि मेरो व्यक्तित्व खराब गरेको आरोपमा अदालतसम्म पुर्याउन सक्छु।’
_x000D__x000D_
जे होस् यी दुई कलाकारबीच विवाद बढिरहेको छ। विवादवारे बलिउड सेलिब्रेटी आ–आफ्नो अभिव्यक्ति दिइरहेका छन्। सेलिब्रिटीका प्रतिक्रिया भने एकपक्षीय छैन। त्यसमा पनि महिला कलाकर्मी र सञ्चारकर्मीले तनुश्रीको साथ दिइरहेका छन् भने अन्यले तटस्थ प्रतिकृया दिएका छन्।
_x000D__x000D_
याे विवाद दुई कालाकारबीच मात्र अब सीमित रहेन। बलिउड धेरै सेलिब्रिटीले यस आफ्ना–आफ्नै प्रतिक्रिया दिएका छन्। केही सलिब्रेटीका प्रतिक्रिया यस्ता छन्।
_x000D__x000D_
अमिताभ बच्चन
_x000D_अभिनेता अमिताभ बच्चनले तनुश्री र पाटेकरबीचको विवादमा आफूलाई गहन रुपमा प्रस्तुत गरेका छैनन्। उनले भनेका छन्, ‘म न त तनुश्री हुँ, न त नाना पाटेकर नै। त्यसैले म कुनै प्रतिकृया दिन चाहन्न।’ अमिताभको अभिव्यक्तिबाट तनुश्री भने दुखीःभएकी बताइएको छ।
_x000D__x000D_
‘अमिताभ बच्चन सामाजिक विषयवस्तुमा फिल्म बनाउने र अभिनय गर्ने गर्छन्। तर उनी कुनै अडान लिने वा केही गर्नुपर्ने अवस्था सृजना हुन्छ त्यति बेला चाँहि अरुलाई दुखी बनाउने बयान दिन्छन्।
_x000D__x000D_
कल्की कोचलिन
_x000D_फ्रेन्च अभिनेत्री तथा लेखिका कल्की कोचलिनले पनि तनुश्रीका बारेमा आफ्नो तटस्थ प्रतिक्रिया दिएकी छिन्। एक भारतीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले भनेकी छन्, ‘यस विषयमा म कुनै प्रतिक्रिया दिन चाहन्न, किनकी यो मेरो कथा होइन’ उनले थपिन, ‘म सँधै यथार्थ कुरा गर्न चाहन्छु, जुन मैले मेरो जीवनमा भोगेकी हुन्छु। त्यसकारण म कसैको पनि पक्ष लिन चाहान्न।’
_x000D__x000D_
राखी सावन्त
_x000D_बलिउड डान्सर तथा मोडल राखी सावन्तले तनुश्रीको आरोप गलत भएको बताएकी छन्। उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘१० वर्षअघिको उक्त ‘आइटम डान्स’ छायांकनका क्रममा तनुश्री लागुऔषधको प्रयोग गरी ४ घन्टासम्म कोठा बाहिर निस्किएकी थिइनन्। जसबाट छायांकनका लागि तयार पारेका ‘सुटिङ सेट’ र निर्माताको लगानी नष्ट हुन लागेको भन्दै पाटेकरले आफूलाई काम गर्न अनुरोध गरेका थिए।
_x000D__x000D_
सलमान खान
_x000D_अभिनेता सलमान खानले पनि तनुश्री र पाटेकरबीचको विवादबारे कुनै पनि जानकारी नभएको बताएका छन्। दुईजना बीचको विवादका विषयमा सबै कुरा बुझ्न समय चाहिने उनको प्रतिक्रिया छ। सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा उनले भनेका छन्, ‘मलाई केही पनि थाहा छैन। यो कुन विषयमा कुरा भई रहेको छ।’
_x000D__x000D_
आमिर खान
_x000D_अभिनेता आमिर खान भने यी दुईको विवादबाट पन्सिन खोजेका छन्। उनले भनेका छन्, ‘म अहिले नै यस विषयमा कुनै प्रतिक्रिया दिन चाहान्न। मैले अहिले नै यस विषयमा बोल्ने हो भने मेरो फिल्ममा समेत विवाद आउन सक्छ। त्यसैले ८ नोभेम्बरपछि यस विषयमा प्रतिक्रिया दिनेछु।’
_x000D__x000D_
प्रियंका चोपडा
_x000D_अभिनेत्री प्रियंका चोपडाले भने तनुश्रीका पक्षमा प्रतिक्रिया दिएकी छन्। आफ्नो ट्विटर एकाउन्टमा चोपडाले लेखेकी थिइन्, ‘महिलाई विश्वास गरौं’ उनले थपेकी छन्, ‘अस्तित्व खोजिरहेकाहरुलाई विश्वास गरौं।’ तर प्रियंकाको यस भनाइप्रति भने तनुले आपत्ति जनाएकी छिन्। तनुश्रीले आफू अस्तित्व खोजिरहेकी भन्दापनि आफ्नो अस्त्वि लिएर हिडिरहेकाले प्रियंकाले यस्तो भन्नु गलत रहेको तनुश्रीको भनाइ छ।
_x000D__x000D_
ट्विन्कल खन्ना
_x000D_लेखक तथा पत्रकार ट्विन्कल खन्नाले अभिनेत्री तनुश्रीको पक्षमा बोलेकी छन्। ‘कामगर्ने ठाँउमा कसैले पनि धम्क्याउनु वा डर देखाउनु गतल हो। हिंसाविरुद्ध तनुले जसरी आवाज उठाएकी छन् त्यो महिलाको मौलिक हक हो। त्यसैले तनुश्रीको यो कदम अन्याय विरुद्ध आवाज उठाउनका लागि उर्जा हो।’
_x000D__x000D_
अर्जुन कपुर
_x000D_अभिनेता अर्जुन कपुरबीचको विवाद दुखद् भएको बताएका छन्। ‘यदि सिनेमा उद्योगमा तनुश्री र पाटेकरबीचको विवाद सही हो भने हामी चाहान्छौं कि यस्तो अनुभव अरु कसैले भोग्नु नपरोस्। हामीले समानताको माहोल सृजना गर्नु आवश्यक छ। सने उद्योग संसारकै सुरक्षित क्षेत्र बन्नुपर्छ।’
_x000D__x000D_
सोनाम कपुर
_x000D_अभिनेत्री सोनाम कपुरले तनुश्रीको कुरामा विश्वास भएको उल्लेख गरेकी छन्। ‘उनले गलत बोले जस्तो लाग्दैन। अब यो मुद्दा हामीकँहा आएको छ। हामी अब यो बिषयमा एकसाथ हुन्छौं या हुँदैनांै यसले अर्थ राख्दछ’ उनको प्रतिक्रिया छ।
_x000D__x000D_
तनुश्रीले उठाएको आवाजको विराध गर्नेमाथि प्रतिप्रश्न गर्दै सोनले भनेकी छन्, ‘कुनै पनि कार्यक्षेत्रमा कोही–कसैलाई हिंसा गरिन्छ भने पीडिले उठाएको आवाजमा साथ दिनुपर्छ।’
_x000D__x000D_
यो सामग्री एजेन्सीहरुको सहयोगमा नेपाल लाइभका सहकर्मी मनाेज न्याैपानेले तयार पारेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।