काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा बढ्दै गएको विवाद अन्त्यका लागि सिंगापुरमा रहेका पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच फोनवार्ता भएको छ।
_x000D__x000D_
सरकार र पार्टीको पछिल्लो गतिविधि तथा पार्टीभित्र मौलाउँदै गएको आन्तरिक विवादका विषयमा प्रचण्ड र नेपालबीच वार्ता भएको नेपाल निकटका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी गराए।
_x000D__x000D_
पत्नी सीता दाहालको उपचारका लागि सिंगापुरमा रहेका प्रचण्डले आइतबार नेपालसँग फोनवार्ता गरेका हुन्। नेता नेपालले आफू विदेशमा रहेको समयमा प्रदेश नेतृत्व चयन गरिएकोप्रति असन्तुष्टि जनाउँदै आएका छन्।
_x000D__x000D_
सचिवालयको निर्णयलाई स्थायी समितिबाट अनुमोदन हुनुपर्नेमा सचिवालयले अन्य समितिहरुलाई ओझेलमा पारेको नेपालको गुनासो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।