भैरहवा- रुपन्देही प्रहरीले दशै, तिहार र छठजस्ता चाडपर्व लक्षित गरी भैरहवा नाकामा नागरिक सहायता कक्षको (हेल्प डेस्क) स्थापना गरेको छ।
_x000D__x000D_
दशै, तिहार मनाउन भारतमा कार्यरत नेपाली घर फर्किने क्रम सुरु भएसँगै उनीहरुको सहयोगार्थ सिमानामा हेल्प डेस्क स्थापना गरिएको हो।
_x000D__x000D_
दशै–तिहारको समयमा विगतमा धेरै यात्रु अलपत्र पर्ने गरेको, लुटिने र दुर्व्यवहार हुने गरेको घटना मध्यनजर गर्दै नागरिकको सहायताको लागि हेल्प डेस्क स्थापना गरिएको इलाका प्रहरी कार्यालय बेलहिया, भैरहवाका प्रमुख एवं प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए।
_x000D__x000D_
उनले भारतबाट फर्किने नेपालीलाई लुटेराले नशालु पदार्थ खुवाएर लुटपाट गर्ने भएकाले भारतमा कार्यरत आफ्ना आफन्त, साथीभाई लगायतलाई घर फर्किने बेलामा कसैले पनि बाटोमा केही खाना दिएमा नखानका लागि सचेत गराउन समेत आग्रह समेत गरेका छन्।
_x000D__x000D_
गतवर्ष भारतबाट फर्किने २० जना नेपालीलाई नशालु पदार्थ खुवाएर लुटपाट गरिएको थियो। लुटिएका केही व्यक्ति प्रहरीको सम्पर्कमा आउने गरेका छन् भने लुटिएर बेखर्ची भएका नेपालीहरुलाई प्रहरीले उद्धार गर्ने गरेको छ।
_x000D__x000D_
यस वर्ष पनि प्रहरीले भारतबाट फकिर्ने नेपालीको सहयोगका लागि नागरिक सहायता कक्षको स्थापना गरेको हो। भैरहवा नाकामा स्थापना गरिएको हेल्प डेस्कमा प्रहरी, स्थानीय क्लब, संघसंस्था, यातायात व्यवसायी प्रतिनिधिको समूह बस्नेछ। भारतबाट फर्किने क्रममा कसैलाई कुनै समस्या परेमा तत्काल नागरिक हेल्प डेस्कमा सम्पर्क गर्न सकिनेछ। 'समस्या तत्काल सम्बोधन गरी आवश्यक सहयोग गरिनेछ' थापाले भने।
_x000D__x000D_
प्रहरी निरीक्षक थापाले भारतबाट फर्किने क्रममा लुटिएका नेपालीलाई व्यवसायीसगँको सहयोगमा गन्तव्यसम्म पुर्याउन समेत हेल्प डेस्कबाट व्यवस्था मिलाइएको उनले बताए।
_x000D__x000D_
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख वेद पौडेलले दशै तिहारले सिमानाका भीडभाड हुने भएकोले अपराधिक मनोवृति हाबी भएका व्यक्तिले अपराध गर्न सक्ने भएको कारण सबै सचेत रहन आग्रह गरे। दशै-तिहार मनाउन फर्किने नेपालीसँग मनोमानी भाडा लिने रिक्सा चालक, बस, ट्याक्सी व्यवसायीलाई सचेत गराउने कार्य भइरहेको उनले बताए। मनोमानी भाडा लिएको पाइएमा कारवाही गरिने समेत उनले चेतावनी दिए।
_x000D__x000D_
कार्यक्रममा सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्यकुमार सारु मगरले चाडपर्वका बेला लुटिएर बेखर्ची भएका पीडित यात्रुलाई आफ्नो कम्पनीले निःशुल्क गन्तव्यसम्म पुर्याउने प्रतिबद्धता जनाए। यातायातका चालक, सहचालक कसैले यात्रुलाई दर्व्यवहार गरी बढी भाडा लिएको वा कानुन उल्लंघन गरेको पाइएमा तत्काल प्रहरी सूचना दिन समेत आग्रह समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।