काठमाडौं– गृहमन्त्री रामबहादुर थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी मन्त्री धमेन्द्र प्रधानबीच शुक्रबार भेटवार्ता भएको छ।
_x000D__x000D_
नेपाल भ्रमणमा रहेका भारतीय पेट्रोलियम मन्त्री प्रधान र गृहमन्त्री थापाबीच गृह मन्त्रालयमा भेटवार्ता भएको हो। भेटमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीको समेत सहभागिता थियो।
_x000D__x000D_
भेटमा नेपाल भारत सम्बन्ध, आपसी हित र सहकार्यको विषयमा छलफल भएको थियो। सो क्रममा भारतीय मन्त्री प्रधानले भारतले गर्दै आएको सहयोगलाई निरन्तरता दिने र थप सहकार्य गर्ने बताएको गृह मन्त्रालयले जनाएको छ।
_x000D__x000D_
नेपाल–भारतको पेट्रोलियम पदार्थ सम्बन्धी निर्माणाधीन परियोजनाहरु छिट्टै निर्माण गरिसक्ने विषयमा पनि छलफल भएको थियो। पेट्रोलियम पदार्थ सम्बन्धी परियोजना दुबै देशका लागि फाइदाजनक रहेको पनि छलफलमा उल्लेख गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।