काठमाडौं- अभिनेता सरोज खनाल अब अभिनयमा मात्र हैन प्रशिक्षकका रुपमा पनि आउने छन्। अभिनय प्रशिक्षणकै लागि भनेर खनालले आफ्नै लगानीमा ‘माला आर्टस् एकेडेमी’ सञ्चालनमा ल्याउने भएका हुन्।
_x000D__x000D_
करिब ५० लाख लगानीमा सञ्चालनमा ल्याइने बताइएको उक्त एकडेमीमार्फत अभिनय यात्राको ३ दशक लामो अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उदेश्यले एकेडेमी खोल्न लागेको खनालले नेपाल लाइभलाई बताए। खनालले भने, ‘नेपालमा अभिनय सिकाउनकै लागि खोलिएका प्रशिक्षण केन्द्र धेरै छन् तर प्रशिक्षण कार्यक्रमपछि पनि प्रशिक्षार्थीले अवसर पाएका छैनन्। उनीहरुलाई प्रशिक्षणसँगै अवसरको पनि आवश्यकता छ। त्यो आवश्यकता परिपूर्ति गर्न एकेडेमी सञ्चालनमा ल्याउन लागिएको हो।
_x000D__x000D_
अभिनय यात्रामा व्यस्त रहने सरोज एकेडेमी सञ्चालनमा आएपछि भने संख्यात्मक अभिनय घटाउने सोचमा छन्। उनी भन्छन्, ‘मलाई प्रायः हप्तामा २र४ वटा स्क्रिप्ट हातमा आउछन् तर म अभिनयको संख्या घटाउनतिर लागेको छु। किनकि, ३ दशक लामो अनुभव अब म प्रशिक्षणमा खर्चिएर नयाँ पुस्तामा हस्तान्तरण गर्न चाहन्छु।’
_x000D__x000D_
_x000D__x000D_
खनालद्वारा खोलिएको एकेडेमी औपचारिक रुपमा मंसिर १ गतेबाट सञ्चालनमा आउने छ। एकेडेमीमा सरोजसँगै चन्द्र माला शर्मा, वीरेन्द्र हमाल, सूर्य माला खनालको समेत सहकार्य रहनेछ। एकेडेमीका लागि भर्ना खुल्ला भइसकेको अभिनेता खनालले जानकारी गराए। एकेडेमीमा कलाकार बन्न आवश्यक सबै कोर्ष प्रशिक्षण गराइने छ।
_x000D__x000D_
खनालका अनुसार एकेडेमीले प्रशिक्षार्थीलाई राष्ट्रिय नाचघरमा तीन–तीन महिनाको अवधिमा नाटक मञ्चन गराउने छ। सैद्धान्तिक र प्रयोगात्मक रुपमा अव्बल बनाई अभिनय यात्रामा जागरुक बनाउन विभिन्न डकुमेन्ट्री, टेलिफिल्म र फिल्ममा समेत अवसर प्रदान गर्ने खनालको योजना छ। उनले थपे, ‘हाम्रो यो एकेडेमी प्रशिक्षण केन्द्रमात्र नभएर प्रोडक्सन हाउसपनि हो जसले गर्दा प्रशिक्षार्थीको भविष्यकै लागि हामीले यस्तो संस्था सञ्चालनमा ल्याएका हौं।’
_x000D__x000D_
एकेडेमीमा प्रशिक्षकका रुपमा खनालसहित चर्चित कलाकारहरु नीर शाह, हरिहर शर्मा, गौरी मल्ल, सौगात मल्ललगायत रहने छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।