काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले दसैं तिहारजस्ता चाडबाडको मुखैमा यातायात भाडा बढाएकोमा सरकारको चर्को आलोचना गरेका छन्।
_x000D__x000D_
प्रतिनिधिसभाका सांसदहरु प्रकाश रसाइली, अमृतादेवी अग्रहरी, देवेन्द्र पौडेललगायतका सांसदहरुले पेट्रोलियम पदार्थ र यातायातको भाडा बढाउने निर्णयप्रति आपत्ति जनाउँदै सरकारको चर्को आलोचना गरेका हुन्।
_x000D__x000D_
संघीय संसद अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबारको बैठकमा बोल्दै कांग्रेस सांसद प्रकाश रसाइलीले तत्काल यातायात भाडा बढाउने निर्णय फिर्ता लिन सरकारसँग माग गरे। मुलुकमा सरकार र प्रतिपक्ष दुवै पक्ष नभए जसरी जनतालाई मारमा पार्ने गरी यातायातको भाडा वृद्धि गरेकोमा उनले आक्रोश पोखे।
_x000D__x000D_
राष्ट्रिय जनता पार्टी, नेपालकी सांसद अमृतादेवी अग्रहरीले जनतालाई मारमा पार्ने काम भइरहेको भन्दै सरकारको चर्को आलोचना गरिन्। उनले पेट्रोलियम पदार्थ र यातायातलगायतका क्षेत्रमा वृद्धि गरिएको मूल्य तत्काल फिर्ता गर्न पनि सरकारसँग माग गरिन्।
_x000D__x000D_
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद देवेन्द्र पौडेलले पनि जनतालाई सूचनासमेत नदिई पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले पेट्रालियम पदार्थको मूल्य वृद्धि गर्दा जनताको तहमा व्यापक छलफल गर्न पनि सरकारलाई सचेत गराए।
_x000D__x000D_
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्तर्राष्ट्रिय स्तरमा मूल्य वृद्धि भएपछि पेट्रालियम पदार्थको मूल्य वृद्धि गर्नुपरेको जवाफ समितिका सदस्यहरुलाई दिएका थिए। उनले दसैंको अवसर पारेर मूल्य वृद्धि गरेको पाइए त्यस्ता व्यापारीमाथि कडा कारबाही गर्ने चेतावनी पनि दिए। मन्त्री यादवले अस्वभाविक रुपमा मूल्य वृद्धि गर्ने व्यापारीबारे जानकारी गराउन पनि समितिमार्फत सर्वसाधारणलाई पनि अपिल गरे।
_x000D__x000D_
मन्त्री यादवले दसैंमा हुने मृल्यवृद्धि लगायतका व्यथिति अन्त्य गर्न सरकारले केही दिन भित्रै बजार अनुगमनको कामलाई तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।