काठमाडाैं– नेपाल विद्यार्थी संघको १२औं महाधिवेशनको अन्योलका बीच तल्लो तहका केही स्थानमा अधिवेशन शुरु भएको छ। कात्तिक १६ देखि १८ गतेसम्मलाई निर्धारण गरिएको महाधिवेशनको लागि नयाँ विधान अनुमोदन नहुँदा विवाद उत्पन्न भएको थियो।
_x000D__x000D_
संघले बनाएको नियमावली तथा विधानलाई पार्टीले अनुमोदन नगरेकोले अधिवेशन गर्न नसकिएको एक पक्षको भनाइ रहेको छ। संघीयता अनुरुप बनाइएको विधान अनुमोदन हुनुपर्ने संघका महामन्त्री कुन्दनराज काफ्ले पक्षको अडान थियो। तर, पार्टी केन्द्रीय कार्यालयले प्रचलित विधानको आधारमा रहेर मावि, क्याम्पस र सिटिइभिटीको अधिवेशन गर्न निर्देशन दिएको थियो।
_x000D__x000D_
गत आइतबारदेखि लागू हुनेगरी महाधिवेशन तालिका सार्वजनिक गरिएको थियो। नयाँ विधानको अभावमा महाधिवेसन प्रतिनिधी जिल्लाहरुमा खटाउन नसकिएकोले सुस्त गतिमा अधिवेशनको काम भएको काफ्लेले बताए।
_x000D__x000D_
स्थानीयमा तहमा रहेका क्याम्पस तथा माध्यमिक विद्यालयहरुमा जिल्ला पार्टीले प्रतिनिधि खटाएर अधिवेशनहरु भइरहेको बताइएको छ। ११औं महाधिवेसनको समयमा विवाद रहेर अधिवेशन हुन नसकेका जिल्लाहरुमा भने केन्द्रीय प्रतिनिधिविना अधिवेशन हुने सम्भावना नरहेको बताइएको छ।
_x000D__x000D_
केन्द्रीय कार्यसमितिमा केही विषयमा मतभेद रहेको जनाउँदै संघका सभापति नैनसिंह महरले विवादह मिलाउन लागेको बताए। तोकिएको समयमा महाधिवेशन गर्न नसके अन्य कुनै विकल्प संघलाई नरहेको उनले बताए।
_x000D__x000D_
२ भदौसम्म रहेको वर्तमान कार्यसमितिले उक्त समयमा महाधिवेशन गर्न नसकेपछि तीन महिना अवधि बढाइएको थियो। महाधिवेशन तालिका र विधान पारित गर्नका लागि निर्देशक समितिले संघलाई निर्देशन दिएको थियो। संघले पार्टीलाई संसशाेधित विधान बुझाए पनि पार्टीबाट अनुमोदन गरेको थिएन। निर्देशक समितिका संयोजक डा प्रकाशशरण महतले प्रचलित विधानअनुसार नै महाधिवेशन गर्न निर्देशन दिएकोले निर्देशक समितिलाई आरोप लगाउनुको अर्थ नभएको महतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।