काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य 'किरण'ले संविधानमा नेपालको नक्सा किन नराखेको भनी प्रश्न गरेका छन्।
_x000D__x000D_
पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को मंगलबार सुरु विशेष राष्ट्रिय भेलामा बोल्दै किरणले भने– 'राष्ट्रियताको कुरा गर्नेहरु सरकारमा छन्। तर नेपालको नक्सा भारतीयले बनाएको देखिएको छ। विश्वको उत्कृष्टताको धक्कु लाउनेहरुले नेपालको नक्सा संविधानमा राख्नु पर्थ्यो कि नाई?'
_x000D__x000D_
'अहिले कम्युनिष्ट भन्नेहरु सरकारमा छन्। समृद्ध नेपाल र सुखी नेपालीको सपना बाँडेका छन्', किरणले भने, 'तर, सरकार बनेको ७ महिना यता हेर्ने हो भने प्रश्न उठेको छ, के समृद्द नेपाल सुखी नेपाली सपना पूरा हुन्छ?'
_x000D__x000D_
उनले राष्ट्रियता र जनजीविकाका समस्या संकटमा परेकाले विद्यार्थी आन्दोलन नसेलाएको बताए। 'अब राष्ट्रियताको निम्ति जनजीविकाको निम्ति जाग्नुपर्ने बेला आएको छ', किरणले थपे।
_x000D__x000D_
किरणले माओवादी आन्दोलनमा गद्दारी भएको बताए। 'अत्यन्तै विश्वास गरिएकाबाट नै धोका दिए', उनले थपे, 'इतिहासका नायकहरु खलनायक भए।'
_x000D__x000D_
'जनयुद्धमा महत्वपूर्ण भूमिका खेल्ने साथीहरु घुम्दै फिर्दै रुम्जाटार भनेजस्तै संसदीय व्यवस्थामा आएका छन्। संसदीय व्यवस्थाको लागि यत्रो रगत र पसिना बगाउन आवश्यक थिएन', किरणले भने।
_x000D__x000D_
उनले क्रान्तिकारी शक्तिहरुबीच एकता गर्ने अभियान चलिरहेको बताए। 'क्रान्तिका निम्ति फेरि बन्दुक उठाउन जरुरी छ। केही मान्छेहरु बन्दुक उठाउने कुरा गर्दा डराउने गर्छन। कोही डराउनु पर्दैन', उनले भने, 'हिजो कांग्रेस, एमाले र सरकारमा रहेकाहरुले पनि बन्दुक उठाएकै हो।'
_x000D__x000D_
सरकारले पटकपटक प्रकाण्डलाई समातेकोमा पनि किरणले आलोचना गरे। 'अहिलेका प्रकाण्डमाथिको धरपकड हेर्दा पञ्चायत र जनयुद्दको सम्झना दिलाएको छ', उनले भने।
_x000D__x000D_
अर्का नेता सीपी गजुरेलले बलात्कार र हत्याको घटना बढेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई राजीनामा दिन माग गरे। 'एकजना महिलामाथि अभद्र व्यवहार हुँदा राजाले डिआइजीलार्ई राजीनामा दिन लगाए', गजुरेलले भने, 'तर, आज निर्मलाहरु बलात्कार भएर हत्या गरिँदा खोई गृहमन्त्रीले राजीनामा दिएको? खोई प्रधानमन्त्रीले राजीनामा दिएको?'
_x000D__x000D_
गजुरेलले शासन र सडकमा गरी जनयुद्द अहिले दुई कित्तामा बाँडिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।