काठमाडौं– सरकारले आयातमा कोटा तोकेसँगै बजारमा चिनीको मूल्य बढेको छ। व्यापारीहरूले अहिले किलोमै १० रुपैयाँसम्म भाउ बढाएका छन्।
_x000D__x000D_
सरकारले कोटा नतोक्दासम्म प्रतिकिलो ७० देखि ७५ रुपैयाँसम्म रहेको चिनीको मूल्य अहिले ८० देखि ८५ रुपैयाँसम्म पुगेको छ।
_x000D__x000D_
सरकारले गत ३१ भदौमा चिनी आयातमा परिमाणात्मक बन्देज लगाउने निर्णय गरेको थियो। यो वर्ष १ लाख मेट्रिक टनमात्र चिनी आयात गर्न पाउने निर्णय गत भदौ मसान्तमा बसेको मन्त्रिपरिषद्ले गरेको थियो। यो निर्णयसँगै आयात लगभग रोकिएको छ। यही आयात रोकिएको मौकामा व्यापारीले चिनीको मूल्य बढाएका हुन्।
_x000D__x000D_
चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल घुमाउरो ढंगले मूल्य बढेको स्वीकार गर्छन्। ‘पहिला हामीलाई प्रतिकिलो चिनीमै १२/१३ रुपैयाँ घाटा थियो, अहिले ६/७ रुपैयाँमा घटेको छ’ उनी भन्छन्, ‘मूल्य समायोजन होस् भनेरै सरकारले हामीलाई राहत दिएको हो नि!’
_x000D__x000D_
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना सरकारले आयातमा कोटा तोक्दा चिनीको मूल्यवृद्धि भएको दावी गर्छन्। ‘सरकारले आयात कोटा तोकेपछि व्यापारीले मनपरी चिनीको मूल्य कायम गरेका छन्,’ उनी भन्छन्।
_x000D__x000D_
खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले बजारमा चिनीको मूल्य बढाउने प्रयत्न भइरहेको बताए। केही खुद्रा व्यापारीका अनुसार अहिले चिनीको मूल्य बोरामै करिब एक सय ५० रुपैयाँ बढेर आएको बताएका छन्। ‘पहिला आयातको चिनी सस्तो थियो र उपभोक्तालाई पनि सस्तो मूल्यमा दिनसक्ने अवस्था थियो,’ संघका अध्यक्ष बज्राचार्यले भने, ‘अहिले आयात रोकिएकाले त्यसको प्रभाव बजारमा परेको हो।’
_x000D__x000D_
सरकार नै तोक्दैन मूल्य
_x000D_अहिले चिनीको निश्चित बजार मूल्य नै छैन। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सहायक महाप्रबन्धक कुमार राजभण्डारी स्वीकार्छन्, ‘चिनीको बजार मूल्य कति हो भन्न सक्ने अवस्था छैन।’
_x000D__x000D_
सरकारले अधिकतम खुद्रा मूल्य कायम नगर्दा व्यापारीले मनपरी चिनीको मूल्य कायम गरेको मञ्चका अध्यक्ष तिमल्सिना बताउँछन्। तर, अझै पनि ठूलै परिमाणमा आयातित चिनी बजारमा रहेकाले चिनीको मूल्य बढ्नुपर्ने अवस्था नरहेको तर्क लिमिटेडको छ।
_x000D__x000D_
अर्कातिर लिमिटेडले बजार हस्तक्षेप गर्न सकेको छैन। बजार हस्तक्षेप गर्ने अधिकार भए पनि चिनीको मूल्यवृद्धि हुँदा लिमिटेडले मूल्य नियन्त्रण गर्ने कुनै प्रयत्न नै गरेको छैन।
_x000D__x000D_
लिमिटेडले नै प्रतिकिलो ७२/७३ रुपैयाँमा चिनी बेचिरहेको राजभण्डारी बताउँछन्। अहिले बजारमा कतिपय थोक बिक्रेताले लिमिटेडको भन्दा पनि सस्तो मूल्यमा चिनी बेचिरहेका छन्।
_x000D__x000D_
‘पोहोर अन्तर्राष्ट्रिय मूल्य महँगो हुँदा र सरकारले भन्सार महसुल बढाएपछिको मूल्यमा किनेको चिनीले हामीले बजार हस्तक्षेप गर्न सक्ने स्थिति पनि छैन,’ उनी भन्छन्।
_x000D__x000D_
आफैंले बढी मूल्यमा चिनी बेचिरहँदा लिमिटेड बजार अनुगमन गरी मूल्यवृद्धि रोक्नुपर्ने बताउँछ। ‘लिमिटेडले हस्तक्षेप नगर्दा पनि बजारमा मनपरी मूल्यवृद्धि भएको छ,’ मञ्चका अध्यक्ष तिमल्सिना भन्छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।