श्रीनगर– भारत र पाकिस्तानबीचको दुई पक्षीय उच्चस्तरीय वार्ता स्थगित भएको भोलिपल्ट भारतको कास्मिरमा ६ जना मारिएका छन्।
_x000D__x000D_
मारिनेमध्ये १ जना सुरक्षाकर्मी र अरु ५ जना लडाकू रहेको समाचारमा जनाइएको छ।
_x000D__x000D_
दुई पक्षबीचको भिडन्तमा परी उनीहरु मारिएको सैन्य अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। भारतीय सेनाका कर्णेल राजेश कालीले भारत र पाकिस्तानको सिमाना पार गर्न खोज्ने दुई जना शंकास्पद व्यक्तिहरु आइतबार मारिएको बताए।
_x000D__x000D_
त्यसबाहेक अन्य ३ शंकास्पद लडाकूहरु र अर्का एक जना सुरक्षाकर्मी सोमबार मारिएको उनको भनाइ छ। घटना भएको ठाउँ उत्तरी ताङधार क्षेत्र हो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।