रसुवा– रसुवामा बेवारिसे शव भेटिएको छ।
_x000D__x000D_
जिल्लाको आमाछोदिङ्मो गाउँपालिका १ गंगटे खोलामा एक पुरुषको लास फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले बताए।
_x000D__x000D_
कुहिएको अवस्थामा फेला परेको शव पुरुषको भन्ने एकिन भए पनि अन्य पहिचान नखुलेको तामाङले बताए।
_x000D__x000D_
शवको पोष्टमार्टमपछि थप विवरण आउने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।