पर्वत– थोरै मेहनत र छोटो समयमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि कुश्मा नगरपालिकाका किसान किवी खेतीतर्फ आकर्षित भएका छन्।
_x000D__x000D_
नगरपालिकाका विभिन्न वडामा किवी खेतीको विस्तार अभियान थालिएको छ। १ हजार ४ सय मिटरभन्दा माथिको उचाइमा किवीको उत्पादन लिन सकिन्छ। कुश्मा नगरपालिका–३ दुर्लुङका खेम गुरुङ विगत ४ वर्षदेखि एक रोपनी क्षेत्रफलमा किवी खेती गर्दै आएका छन्।
_x000D__x000D_
पर्याप्त फल दिन थालेपछि नगरपालिकाका सबै वडामा किवी खेतीको विस्तार गर्न थालिएको नगरप्रमुख रामचन्द्र जोशीले बताए।
_x000D__x000D_
कुश्मा नगरपालिका–३ दुर्लुङ, वडा नं १२ ठूलीपोखरी, वडा नं १३ खौलालाकुरी र वडा नं १४ आर्थर डाँडाखर्कमा किवी खेती विस्तार गर्न लागिएको हो। यसका लागि कृषकलाई तालिम प्रदान गरिनुका साथै खेती गर्न सहयोग गरिनेछ। ‘चालू आवमा एक हजारभन्दा बढी किवीका बिरुवा रोपिनेछ,’ जोशीले भने। लमजुङ र सिन्धुलीबाट विरुवा खरिद गर्ने तयारीमा नगरपालिका छ।
_x000D__x000D_
बाँझो जमिनको सदुपयोग गर्न किवी खेती विस्तार गर्न लागिएको जोशीको भनाइ छ।
_x000D__x000D_
जिल्लामा मोदी गाउँपालिकाको भुकताङ्ले र चित्रे तथा जलजला गाउँपालिकाको लेखफाँट र शालिजामा किवी खेती गरिँदै आएको छ।
_x000D__x000D_
किवीको फल र बिरुवा दुवैबाट फाइदा लिन सकिन्छ। एउटै रुखमा ५० देखि ७० किलोसम्म फल लाग्छ भने प्रतिकिलो ४ सय देखि ६ सय सम्ममा बिक्री हुँदै आएको छ। यहाँ सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी र मन्टी जातको किबीको खेती गर्ने गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।