जनकपुर– ‘जानकी मन्दिर हाम्रो गौरव हो, यसलाई अझै चिरिच्याट्ट पार्ने योजना छ’ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने, जनकपुरको मात्र होइन हाम्रो प्रदेशकै शान जानकी मन्दिरलाई सौन्दर्यीकरण गर्ने योजना अघि बढाएको छु।’
ऐतिहासिक तथा पुरातात्विक महत्वको जानकी मन्दिरलाई कसरी आकर्षक बनाइन्छ त?
मूख्यमन्त्री राउतका अनुसार प्रदेश सरकारले अगाडि बढाएको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मन्दिरको रुपरङ्ग बदलिने छ। खासगरी मन्दिरको प्राङ्गण र यसको साजसज्जामा ध्यान दिइने छ। त्यसका लागि मुख्यमन्त्रीको सचिवालयले बोलपत्र आव्हानको तयारी गरिरहेको छ।
‘लागत स्टिमेट र डिजाइन तैयार भइसकेको छ’ मूख्यमन्त्री राउतले भने, ‘अब काम अघि बढ्छ।’
पहिलो चरणको सौन्दर्यीकरणका लागि करिब ७ करोड खर्च हुने लागत परियोजना तयार पारिएको मूख्यमन्त्री सचिवालयको भनाइ छ।
हेरौं तयार भएका इलुस्ट्रेसनः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।