काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ।
निर्मला पन्तका हत्यारा पक्राउ गरी कारबाही गर्न नसकेको भन्दै नेविसंघले गृहमन्त्री थापाको राजीनामा माग गरेको हो।
मुलुकमा जारी हत्या, हिंसा र बलात्कारविरुद्ध सोमबार काठमाडौंको प्रर्दशनीमार्गका विरोध प्रर्दशनमा उत्रेका संघका नेता, कार्यकर्ताले सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए।
प्रर्दशनीमा सरकारले नै निर्मलाका हत्यारालाई संरक्षण गरेको भन्दै प्रधानमन्त्री केपी ओलीप्रति पनि आक्रोश व्यक्त गरिएको थियो। प्रर्दशनपछि आयोजित कोणसभामा बोल्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्मलाको हत्यारालाई पत्ता लगाई कारबाही गर्न अब पनि ढिलाई गरिए आन्दोलनको आँधि ल्याउने चेतावनी दिन दिए।
संघले हत्या, हिंसा र बलात्कार नियन्त्रण गर्न सरकार असक्षम भएपछि त्यसविरुद्ध नेविसंघ सडक संघर्षमा आउन बाध्य भएको जनाएको छ। अध्यक्ष महरले जारी हत्या, हिंसा अन्त्य नभएसम्म सरकारविरुद्धको आन्दोलन जारी राख्ने चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।