• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मनुष्यको शरीर काँचको घरभन्दा पनि कच्चा छ

64x64
नेपाल लाइभ मंगलबार, असोज २, २०७५  ००:१४
1140x725

अध्यात्म र ईश्वर चिन्तनबारे प्रख्यात शिवपुरी बाबाका उपदेशहरू खोजीखोजी पढिन्छन्। उनको उपदेश समेटिएको 'स्वधर्म' नामक पुस्तक प्रकाशित छ। 

शिवपुरी बाबा सन् १८२६ मा भारतको केरला राज्यमा जन्मेका हुन्। पाँच वर्षमै ब्रह्मचर्याश्रममा प्रवेश गरेका उनले १२ वर्षकै उमेरमा चार वेदको अध्ययन र विद्यार्थी जीवन पूरा गरे।

भारतमा जन्मे पनि शिवपुरी बाबाले नेपालमा ३७ वर्ष बिताए। वास्तविक नाम गोविन्दनन्द भारती भए पनि काठमाडौंको शिवपुरी जंगलमा आश्रम बनाएर साधना गरेका कारण उनलाई शिवपुरी बाबा भनिएको हो।

आज भदौ महिना मूल नक्षत्र परेको छ, आजै शिवपुरी बाबाको जन्म नक्षत्र हो। उनी १३७ वर्षसम्म बाँचेका थिए। यसै अवसरमा उनका उपदेश समेटिएको 'स्वधर्म' पुस्तकबाट हामीले केही विषयवस्तु प्रस्तुत गरेका छौं। 

अध्यात्म र ईश्वर चिन्तनबारे बाबा र शिष्यबीच विभिन्न समयमा भएका केही प्रश्नोत्तर :

भगवान्! हामी किन दुःखी छौं? 
किनभने तपाईंहरू स्वधर्म या सम्यक जीवनमा बस्नुहुन्न। 

सम्यक् जीवन या स्वधर्म भनेको के हो त प्रभु?
स्वधर्म भनेको कुनै निर्दिष्ट अर्थात् ठिक लक्ष्य या उद्देश्य भएको, योजनाबद्ध एवं विवेकले युक्त जीवन हो। यसमा जति सकेको चाँडो परमात्मा– साक्षात्कार गर्न चाहिने कर्तव्यका लागि मात्र ठाउँ हुन्छ। अनेक जन्ममा विभिन्न सत्त्व गुणहरू कमाइसकेपछि मात्र स्वधर्ममा लाग्न सकिन्छ। 

जीवनको सबैभन्दा ठूलो लक्ष्य कुन हो त प्रभु? 
परमात्मा या सत्यलाई देख्नु। 

Ncell 2
Ncell 2
nimb
nimb

स्वधर्मको शिक्षा हामीले कहाँ पाउन सक्छौं त? 
स्वधर्मको शिक्षा चार वेदमा पाउनुहुन्छ। यो शिक्षा रामायण, भागवत् र महाभारत आदि ग्रन्थहरूमा पनि पाइन्छ। तर, सदा सम्झनुस् कि पुस्तकमा मात्र पाइएका शिक्षाहरू सामान्य हुन्छन्। साधारण साधकहरूका निम्ति त एक जीवनमुक्त गुरुको अति नै आवश्यकता पर्दछ। नत्र शास्त्रको सच्चा अर्थ नबुझी बाटो बिराउने डर हुन्छ। परमात्मा– चिन्तनमा लय हुँदाहुँदै हामी शून्यतामा पर्न सक्छौं। तर, यस स्थितिमा हामी चनाखो भएर परमात्मा चिन्तनको क्रम भने चालू नै गरिरहनुपर्छ। परमात्मा विस्मरण हुन दिनु हुन्न। 

जुनसुकै धर्म मान्नेले पनि स्वधर्म पालना गर्न सक्छ त? 
हो। जुनसुकै धर्मको अनुसरण गर्नेले पनि स्वधर्म पालना गर्न सक्छ। तपाईंले गरेको काममा सफलता प्राप्त गर्न नसक्नु बेग्लै कुरा हो। तर, असफल भइयो भनेर हार मान्नु पनि हुन्न। गीतामा फलाशा त्याग्नु भनिएकै छ। कर्तव्यमा अडिग भएर अनेक उतारचढावबाट विचलित नभई संघर्ष गरिरहँदा एकदिन अवश्य सफल भइन्छ। 

स्वधर्मको शिक्षा हाम्रा शास्त्रहरूमा सबैभन्दा राम्रो कहाँ पढ्न पाइएला प्रभु? 
स्वधर्मको शिक्षा हामी महाभारतको भीष्मपर्वमा पाउँछौं। श्रीकृष्णले अर्जुनलाई गीतामा बक्सेको उपदेश पनि स्वधर्मको शिक्षा हो र भागवत् एकादश स्कन्धमा उद्धवलाई बक्सेको उपदेश पनि स्वधर्मको शिक्षा नै हो। पूर्ण अध्ययनका लागि श्रीमदभागवत्‌को एकादश स्कन्धको अध्याय २९ हेर्नुपर्ला। 

के स्वधर्म पालना गर्न व्यवहारमा चलिआएको रीतिथिति तोड्नु आवश्यक छ? 
साधारणतः छैन। हामीलाई शरीरयात्रा चलाउन परिवार तथा समाजको सहयोग चाहिने हुँदा हामीलाई पनि केही कर्तव्य र रीतिथिति पालना गर्नुपर्छ। छिमेकीलाई माया, दया, प्रेम आदि गर्नैपर्छ। तर, योगारुढ भइसकेपछि सामाजिक रीतिथितिको पालना जरुरी हुँदैन। स्वधर्मको शिक्षा बमोजिम चल्दा हामीले साधारणतः कसैबाट विरोध भोग्नु नपर्ने नै हुन्छ। किनभने स्वधर्मले हामीलाई योजना बनाउने, नियमअनुसार कर्तव्य– कर्म गर्दै जाने, आफूले गरेको काम ठिक भयो/भएन हेर्दै जाने, गल्ती भए पत्ता लगाउने, गल्ती हटाउने र विवेक विचारमा र परमात्मा– चिन्तनमा मनलाई लगाइरहने कुरा बताएकै हुनाले कसैबाट पनि विरोध हुने सम्भावना नै रहँदैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कुनै पनि समयमा कुनै पनि कुरा सोच्दै नसोची हामीमा आईपर्छ। यही नै हाम्रो जीवन हो। मनुष्यको शरीर काँचको घरभन्दा पनि कच्चा छ। 

संसारमा हामीले थाहा नपाउने गरी कुनै ठाउँबाट केही कुरा आउँछ। हामी त्यसमै व्यस्त हुन्छौं। पछि त्यसलाई पनि हामीलाई वैराग्य आउँछ र त्यो वस्तु हामी विस्तारै त्याग्दै जान्छौ। पहिलेपहिले हामी अखबार पनि पढ्दैनथ्यौं। पछि पढ्न पायौं र किनेर पनि पढ्न थाल्यौं। बिस्तारै हामीलाई त्यो पढ्ने मन पनि हट्दै जान थाल्छ। संसारमा सबै वस्तु यस्तै हुन्। 

हामीले स्वधर्म पालना गर्दै गयौं भने फाल्तु काममा फस्दैनौं। बीचमा आएका खराब बानी हटाउँदै जान्छौं र नगरी नहुने काम मात्र गर्छौं। स्वधर्ममा बस्ने व्यक्ति बादशाह जस्तै मोज पनि गर्न सक्छ भने सिद्धजस्तै भित्री शक्ति हासिल गरेर ईश्वरमा रमाइरहन पनि सक्छ। पाएको शिक्षा पालना गर्दै जानु स्वधर्म र आफ्नो मनमुताबिक काम गर्दै जानु स्वधर्म हो। त्यसैले स्वार्थधर्म त्यागेर स्वधर्म पालना गर्नू। 

प्रभु, सात्त्विक व्यक्ति कसलाई भन्नुपर्ला?
जुन व्यक्ति रागद्धेषमा लाग्दैन, आफूले गरेको काममा घमण्ड पनि गर्दैन, अनावश्यक रुपमा आसक्त पनि हुँदैन, कसैलाई घृणा पनि गर्दैन, कसैसँग रिस पनि लिँदैन र जसले आफ्नो कर्तव्य मात्र गर्छ त्यो व्यक्ति नै सात्त्विक हो। त्यस्तो व्यक्तिसँग अन्तर्दृष्टि अथवा विवेक ठिक हुन्छ र ऊ आत्मसंयमी बन्न जान्छ। 

एकथरि सिद्धान्तका मानिसहरू आफ्नो मनलाई खाली गरेर ईश्वर– चिन्तननर्फ मात्र लैजान कोसिस गरिरहेका छन् नि? के यो ठिक हो त?
यस प्रकारको अभ्यासले फाइदा त हुन्छ। यस स्थितिमा साधकले संसारका सबै दुःखहरू बिर्सिन्छ, तर दैवी गुणहरूको अभ्यास नगरीकन मन भने ठिक हुँदैन। परमात्माको शक्तिले नै मन बलियो हुन्छ। 

प्रभु, ईश्वर के कस्तो हो?
आजकल धेरे मानिसहरू ईश्वरमा विश्वास गर्दैनन्, तर यस भूमण्डल तथा ब्रह्माण्डको सृष्टिकर्ता प्रकृति भने पनि ईश्वर भने पनि एउटै कुरा हो। सम्पूर्ण प्रकृति नै ईश्वर वा परमात्माको स्वरुप हो। मनुष्यजन्मको परम लक्ष्य नै तत् प्रकृति वा परमात्माको साक्षात्कार गर्नु हो। 

प्रकाशित मिति: मंगलबार, असोज २, २०७५  ००:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्