काठमाडौं – फिल्म प्रचारको लागि निर्माण टिमको पुरानो गन्तव्य हाे, विद्यालय र कलेजहरु। यो नेपाली फिल्म बजारमा देखिने पुरानै प्रचारक शैली यही हाे। यसै अनुरुप प्रदर्शनको तयारीमा रहेको फिल्म ’बाँध मायाले’का कलाकार पनि फिल्मकाे बजारीकरणका लागि काठमाडौंका विभिन्न विद्यालय पुगेका छन्।
आगामी असोज ५ गतेबाट प्रदर्शनीमा अाउने तयारीमा रहेको फिल्मको प्रचारका लागि विद्यार्थीसँग अन्तरक्रिया गर्न फिल्मका कलाकार आर्यन अधिकारी र सृष्टि श्रेष्ठ कलेज पुगेका हुन्। उनिहरुसँगै फिल्मका निर्देशक सवीर श्रेष्ठ र कार्यकारी निर्माता केदार धितालले पनि विद्यार्थीलाई फिल्मको बारेमा जानकारी गराए।
फिल्म युनिटले राजधानीका ओमेगा, मेगा, ब्लुबर्ड र मोलिस कलेजका विद्यार्थीसँग साक्षात्कार गरेको हो। फिल्ममा आर्यन अधिकारी र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेनलगायतका कलाकारकाे अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।