काबुल– अफगानिस्तानको भ्रमणमा रहेका पाकिस्तानी विदेशमन्त्री शाह मोहमुद कुरेसीले शनिबार राष्ट्रपति मोहम्मद असरफ घानीसँग दुई देशको आपसी हित, शान्ति, राजनीतिक स्थायित्वलगायतका विविध विषयमा छलफल गरेका छन्।
भेटमा अफगानी शान्ति प्रक्रिया, स्थायित्व र आपसी सहयोगका विषयमा कुराकानी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
उनीहरुले भेटमा अफगानिस्तान तथा पाकिस्तानको शान्ति, सुरक्षालगायतका विविध विषयमा आवश्यक ऐक्यवद्धता जनाएका थिए। उनीहरुबीच अफगानिस्तानको शान्ति प्रक्रियाका विषयमा पनि छलफल भएको थियो।
उक्त छलफलमा राष्ट्रपति घानीले दुईपक्षीय संरचनामा शान्ति र सुरक्षा तथा अफगानिस्तान–पाकिस्तान पारवहन तथा व्यापार विषयमा सहकार्य हुने बताएको भेटपछि जारी संयुक्त वक्तव्यमा जनाइएको छ।
पाकिस्तानमा नयाँ सरकार बनेपछि कुरेसीको यो पहिलो विदेश भ्रमण हो। यसअघि कुरेसीले उनका अफगान समकक्षी सलाहुद्दिन रब्बानीसँग पनि कुराकानी गरेका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।