काठमाडौं – मोडल हन्ट नेपाल २०१८’को उपाधि आशिष के.सी. र अदीति अधिकारीले जितेका छन्। शुक्रबार साँझ काठमाडौस्थित होटल सोल्टीमा आयोजित कार्यक्रममा ३१ प्रतियोगीलाई पछि पार्दै पुरुष तर्फ आशिष के.सी. र २४ प्रतियोगीलाई पछि पार्दै महिला तर्फ अदीति अधिकारीले उपाधि चुम्न सफल भएका हुन्।
कार्यक्रमका दुवै बिजेताले नगद पुरस्कार रु ५० हजार सहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नका साथै आशिषले मिष्टर ओशियन तथा अदीतिले सुपर मोडल अन्तराष्ट्रिय सौदर्य प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्नु पाउने छन्। त्यसैगरि उनिहरुले कोरियामा संचालन हुने एलबिएमए अवार्डका लागि नेपालको प्रतिनित्व गर्न पाउनेछन्।
प्रतियोगीतामा सुरज राजोपाध्याय र रुबिस्का श्रेष्ठ फस्ट रनर अप, मुनिर अहमद र हेलि गुरुङ सेकेन्ड रनर अप तथा आदर्श ज्ञवाली र सन्नी महर्जन थर्ड रनर अप विजेता घोषित भए । रनर अप विजेता सुरज र रुबिस्काले नगद पुरस्कार ३० हजार, मुनिर र हेलिले २० तथा आदर्श र सन्नीले रु १५ हजार प्राप्त गरे ।
त्यसैगरी सम्राट चौरेल र रितु अधिकारी पपुलर, विशाल गिरी र रहिमा लामिछाने पब्लिक च्वाइस, सुजन थापा र रितिका शर्मा स्टाइलिस तथा सफल जंग शाह र सन्नी महर्जन सोशियली रेस्पोन्सिबल विधातर्फ विजेता बन्न सफल रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।