काठमाडाैं– राष्ट्रपति विद्या भण्डारीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या जस्तो जघन्य अपराधको घटनाले आफूलाई चिन्तित तुल्याएको बताएकी छन्।
राष्ट्रपति भण्डारीले सो घटनामा संलग्न अपराधीलाई कानुनको दायरामा ल्याई दण्डित गर्न सबै पक्षलाई संवेदनशील हुन ध्यानाकर्षण गराइन्।
राष्ट्रिय बालअधिकार दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारले न्यायको खोजीमा छटपटाउँदै हिँडने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दैै दोषीलाई खोजी गरी पीडित परिवारलाई न्याय दिन ढिलाइ नगर्न सबै पक्षलाई अाग्रह गरिन्।
उनले बालबालिकाको हक, हित संरक्षणमा सबै पक्षको सहयोगको आवश्यकतामा पनि जोड दिइन्।
बालिबालिकामाथि भइरहेका यौनजन्य हिंसा, दुर्व्यवहार अपहरण र हत्याजस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न आवश्यक पर्ने कानुन निर्माणको काममा ढिलाइ नगर्न पनि सरकारलाई आग्रह गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।