काठमाडौं- क्रान्तिकारी पत्रकार संगठन नेपालका पूर्वअध्यक्ष प्रभात चलाउनेसहित ५ जना कारबाहीमा परेका छन्। उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो।
चलाउनेसहित क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य कमल बुढा, जन्मदेव जैसी, सुदीप बर्देवा, बाबुराम भुसाल साधारण सदस्यसमेत नरहने गरी निष्कासनमा परेका हुन्। क्रान्तिकारी पत्रकार संगठनको माउ पार्टी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुर्दशन’ले विज्ञप्ति निकाल्दै पत्रकार संगठन सम्बन्धी पार्टी निर्णयविरुद्ध अराजकता मच्चाएको, सूचना चुहाएको तथा पार्टी र सामाजिक सञ्जालमा भ्रम फैलाएकाले कारबाही गरेको जनाएका छन्।
कारबाहीमा परेका चलाउने नेकपाको ब्युरो सदस्य र अन्य जिल्ला सदस्यको समेत हैसियतमा रहँदै आएका थिए।
विज्ञप्ति-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।