नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीको भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी र प्रतिफल सुरक्षाको वातावरण बनाएको बताएका छन्नु।
शुक्रवार साँझ इन्डो नेपाल सेन्टरको दिल्लीमा उद्घाटन गर्दै उनले पारम्परिक नीति नियम परिवर्तन गरी नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न गइरहेको बताए। उक्त कार्यक्रमाम विभिन्न क्षेत्रका लगानीकर्ताहरुको सहभागिता थियो।
‘आर्थिक समृद्धिका लागि हामी सम्पूर्ण तागतका साथ अघि बढेका छौं। नेपाल प्राकृतिक सम्पदा प्रचुर रहेको देश हो। यहाँ जलविद्युत धेरै सम्भावना छ,' उनले भनेका छन्, 'जलउर्जा विद्युत उत्पादनका लागि मात्र होइन। यो त पानीको व्यवस्थापन पनि हो। हामी सरगमाथाबाट मिनरल वाटर बनाउन सहकार्य गर्न सक्छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।