काठमाडौं – फिल्म ‘इन्टु मिन्टु लन्डनमा’को नयाँ गीत सार्वजनिक भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको ‘जुरायो जुरायो...’ बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ। गीतमा राजेश पायल राई र मेलिना राईको स्वर सुन्न सकिन्छ। बिक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी रहेको भिडियोमा फिल्मका दुई प्रमुख पात्र सारुक ताम्राकार र साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय छ।
रेनसा वान्तवा राईको निर्देशनमा तयार भएको फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ आउँदो असोज ५ बाट प्रदर्शनमा आउने छ। फिल्ममा सारुक, साम्रज्ञीसँगै, डेब्यु अभिनेता धिरज मगर, बिजय लामा, अर्जुन श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ।
गीतको भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।