काठमाडौं– ‘प्रवासमा नेपाली एकता, आजको आवश्यकता सामाजिक सेवामा हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ कोरियामा रिदम लाइभ कन्सर्ट तथा सांस्कृतिक धमाका कार्यक्रम आयोजना हुने भएको छ।
धादिङ र काभ्रे जिल्लाका विकट क्षेत्रमा एम्बुलेन्स सहयोगार्थ काभ्रे सम्पर्क समिति र धादिङ समाजले संयुक्त रूपमा कार्यक्रमको आयोजना गर्ने भएका हुन्।
आउँदो सेप्टेम्बर २४ मा कन्सर्टको आयोजना गरिने आयोजकले जानकारी गराएको छ। करिब ३ हजार बढी दर्शक सहभागी हुने अपेक्षासहित आयोजना गर्न लागिएकाे कार्यक्रममा गायक दिपक बज्राचार्य तथा रिदम ब्यान्डले आफ्ना सांगीतिक प्रस्तुति दिने संयोजक धादिङ समाजका अध्यक्ष सन्तोष अधिकारीले बताए।
यससँगै कलाकारहरू राजा राजेन्द्र पोखरेल, अञ्जली अधिकारी, रक्षा श्रेष्ठ, बबिता बानियाँ 'जेरी', पूर्णिमा लामा लगाएतकाे पनि प्रस्तुति हेर्न सकिने अर्का संयोजक काभ्रे सम्पर्क समितिका अध्यक्ष सिताराम तिमल्सिनाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।