काठमडौं – फिल्म ‘तिमी र म’ निर्माण हुने भएको छ। अभिनेता कबिर खड्का र अभिनेत्री सूर्या थापाको मुख्य अभियनमा फिल्म निर्माण हुने भएको हो। आउँदो पुषबाट छायाँकनका लागि फ्लोरमा जाने भनिएकाे फिल्मका लागि अझै केही कलाकाहरुको छनौट हुन बाँकी रहेको फिल्म युनिटले जानकारी गराएको छ।
प्रेम कथामा आधारित भएर बन्ने फिल्म ‘तिमी र म’मा अध्ययनका लागि अष्ट्रेलिया पुगेका युवायुवतीको संघर्षको कथा समेटिएकाे छ। सम्पुर्ण छायाँकन अष्ट्रेलियामा हुने भनिएको फिल्मलाई सरोज पोखरेल र अष्ट्रेलियन निर्देशक मेट विलियम्सले संयुक्त रुपमा निर्देशन गर्नेछन्।
एनएसएम क्रियसनको ब्यानरमा निर्माण हुने फिल्ममा कमला पोखरेल, चन्द्र बहादुर खड्का र भुषन पोखरेलको संयुक्त लगानी रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।