नुवाकोट- नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई यहाँको जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।
काठमाडौंबाट शुक्रबार बिहान ३ बजे यहाँ ल्याइएका विश्वकर्मालाई नुवाकोट जिल्ला अदालतले अनुसन्धानका लागि थुनामा राख्न म्याद थप गरेको हो। उनलाई बिहीबार सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएसँगै गिरफ्तार गरी यहाँ ल्याइएको थियो।
गत साउन ७ गते राति बेलकोटगढी नपा–९ भट्टथोकमा दुई एक्स्काभेटर जलाइएको आरोपमा मुद्दा चलाउन यहाँ ल्याइएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए। धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्स्ट्रक्सनका एक्स्काभेटरमा आगो लगाइँदा एउटा पूर्ण क्षतिग्रस्त र एउटा आंशिक क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
साउन २२ गते काठमाडौंको चोभारबाट काठमाडौं प्रहरीको टोलीले उनलाई गिरफ्तार गरेको थियो। त्यसपछि उनी अदालतको आदेशमा छुट्दै पुन पक्राउ पर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।