डडेलधुरा– डडेलधुराको भित्री मधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिका–६ कुडामा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा परशुराम नगरपालिका–६ कुडाका २७ वर्षीय केशव नाथ रहेका छन्। शुक्रबार बिहान ४ बजे घरमै सुतिरहेको समयमा उनलाइ सर्पले टोकेको उनका भाइ अशोक नाथले जानकारी दिए।
सर्पले टोकेपछि उनलाई उपचारका लागि जोगबुडा अस्पताल ल्याइएको थियो। तर, त्यहाँ उनको उपचार हुन नसकेपछि सेती अञ्चल अस्पताल कैलाली लगिएको र उपचारका क्रममा नाथको मृत्यु भएको इलाका प्रहरी कार्यलय जोगबुडाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।