काठमाडौं– गत वर्ष प्रहरीले बरामद गरेको ८८ केजी सुन तस्करीका नाइके रहेका चिनियाँ नागरिकले ठमेलमा सञ्चालन गरेको होटलबाट अवैध समुन्द्र घोडा बरामद भएको छ।
काठमाडौं वान होटलका सञ्चालक चिनियँ नागरिक चेन क्विङलाई प्रहरीले ३ सय ग्राम समुन्द्री घोडासहित पक्राउ गरेको हो। समुन्द्री घोडा संरक्षित जीवमा पर्दछ।
साथै होटलबाट ९० ग्राम यार्सगुम्बा तथा ३ सय ३० ग्राम बरामद भएको छ। विभिन्न जडिबुटीहरु समेत बरामद भएको प्रहरीले जनाएको छ।
महानगरीय अपराध महाशाखाले गत वर्ष १९ भदौमा सोही होटलका सञ्चालक पेन बेइमिङको लगानी रहेको ८८ केजी सुन क्षेत्रपाटीबाट बरामद गरेको थियो।
प्रहरीले उनका गाडी चालक मनोज अधिकारीलाई पक्राउ गरेको थियो।
अघिल्लो दिनसम्म नेपालमै रहेका उनीहरु कसरी चीन भागे भन्ने रहस्यमै छ। तस्करीमा संलग्न चालकहरु जेलमा रहँदा मुख्य नाइके भने विदेश भाग्न सफल भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।