धनगढी– कैलालीको धनगढी बजारमा रहेका ३ वटा पेट्रोल पम्पमा ‘सिल’ गरिएको छ। गुण तथा नापतौल क्षेत्रीय कार्यालय धनगढीका प्रमुख रोशन गौतमको नेतृत्वमा गएको अनुगमन टोलीले आज धनगढीका ६ वटा पेट्रोल पम्पमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा ३ वटा पेट्रोल पम्पले कम परिमाणमा पेट्रोल तथा डिजेल बिक्री वितरण गरिरहेको पाइएको थियो। कार्यालय प्रमुख गौतमका अनुसार शिवशंकर आयल स्टोरले प्रति १० लिटरमा ५० मिलिलिटर डिजेल, मल्ल आयल स्टोरले पेट्रोलमा प्रति १० लिटरमा ३० मिलिलिटर र हरि आयल स्टोरले पेट्रोलमा प्रति १० लिटरमा ३० मिलिलिटर, डिजल हाल्ने मेसिनमा प्रति १० लिटरमा एक मेसिनमा ३० र अर्कोमा ६० मिलिलिटर कम तौल भएको फेला पारिएको थियो। उनले अर्को आदेश नभएसम्म विक्री वितरण गर्न नपाउने गरि सिल गरिएको बताए।
सरोज आयल स्टोर, फुलवार इन्टरप्राइजेज र डिके आयल स्टोरमा भने बिक्रिवितरणमा कुनै पनि समस्या नदेखिएको गौतमले बताए।
टोलीमा कैलाली जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढी, पेट्रोलिय व्यवसायी एसोसियनका प्रतिनिधिको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।