काठमाडौं– आफू सादा पोशाकमा काम गर्ने प्रहरी हुँ भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन्। रामेछाप स्थायी घर भएका अमृत बस्नेत आइतबार पक्राउ परेका हुन्।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जले उनलाई पक्राउ गरेको हो। उनले वृत्तमै रहेका कतिपय मुद्दाहरु मिलाइदिने भन्दै पैसा लिएका थिए। उनले तीन जनासँग त्यसरी पैसा लिइसकेको खुलेको छ।
कसैलाई आफु सिआइबीमा काम गर्ने घुमुवा प्रहरी हुँ भनेर समेत उनले पैसा असुलेका थिए। आइतबार एक व्यक्तिसँग पैसा लिदै गर्दा रंगेहात पक्राउ गरिएको महानगरीय प्रहरी वृत्तले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।