काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा दक्षिण पश्चिम फुटबल महासंघ (स्वाफ, SWAFF) को केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
१० सदस्यीय केन्द्रीय समितिमा शेर्पासहित ५ जना सदस्य निर्वाचित भएका छन्। एक महिला सदस्यको पद भने खाली छ। अध्यक्षमा डा अडेलबिन मोहमद इजाज निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षसहित ३ जना उपाध्यक्ष चुनिएका छन्।
यसअघि साउदी अरेबियामा दक्षिण र पश्चिम एसियाका १४ देशको छुट्टै फुटबल महासंघ बनाउनका लागि साउदी अरेबियामा भेला गरिएको थियो।
नेपालसहित आयोजक साउदी अरेबिया, पाकिस्तान, श्रीलंका, भारत, भुटान, बंगलादेश, बहराइन, माल्दिभ्स, यमन, इराक, कुवेत, ओमान र युएईका फुटबल संघका आबद्ध भइसकेका छन्।
एफएफसीका अध्यक्ष शेख सालामन बिन इब्राहिम अल खालिफले पनि एसडब्लुएएफएफ गठनको विषयमा गत साता छलफल गरेका थिए। उनले एसडब्लुएफएफ गठनका लागि एएफसीको सहयोग समेत बचन दिएका थिए।
हाल एएफसीअन्तर्गत पश्चिम, दक्षिण, केन्द्र, पूर्व र सुदूरदक्षिण एसिया जोन गरी पाँच क्षेत्रीय महासंघ छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।