सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने

Nepal Live

काठमाडौं– नेपाल–भारतको सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्त रुपमा ‘पट्रोलिङ’ गर्ने भएका छन्। भारतमा सम्पन्न दुई देशका सुरक्षा अधिकारीबीचको समन्वय बैठकले यस्तो सहमति गरेको हो। 

नेपालको सशस्त्र प्रहरी बल(एपिएफ) तथा भारतको सीमा सुरक्षा बल(एसएसबी)का  प्रमुखबीच शुक्रबार नयाँदिल्लीमा तेस्रो समन्वय बैठक सम्पन्न भएको हो। 

बैठले मानव तस्करी तथा लागूऔषध कारोबार नियन्त्रणका लागि संयुक्त रुपमा ‘पट्रोलिङ’ गर्ने सहमति भएको नयाँदिल्लीस्थित नेपाली दुतावासद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ। 

खुला सीमानाका कारण लागूऔषध र मानव तस्करी विकराल बन्दै गएपछि त्यसको नियन्त्रणका लागि संयुक्त गस्ती हुन लागेको हो। 

नेपालको तर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतको तर्फबाट एसएसबीका महानिर्देशक रन्जी कान्त मिश्रले बैठकको नेतृत्व गरेका थिए। 

बैठकमा सीमा क्षेत्रको सुरक्षालाई मजबुत बनाउन थप समन्वय गर्ने सहमति भएको छ। 

चाडपर्वको समयमा सीमा क्षेत्रमा हुने सर्वसाधरणको आवातजावतलाई सहज बनाउन दुवै देशका सुरक्षाकर्मीले सहायता कक्ष स्थापना गर्ने भएका छन्। चाडपर्वमा स्वदेश फर्किने नेपालीहरु सीमा क्षेत्रमै लुटिने गरेका छन्। यससम्बन्धमा नेपाली पक्षले कुरा उठाएपछि सहायता कक्ष राख्ने सहमति भएको हो। 

त्यस्तै, सीमा क्षेत्रमा सर्वसाधरणमाथि सुरक्षाकर्मीबाट हुने दुव्र्यवहार रोक्न सुरक्षाकर्मीलाई सर्वसाधरण मैत्री बनाउन तालिम दिने सहमति समेत भएको छ। 

दुई देशबीचको अर्काे समन्वय बैठक आगामी वर्ष नेपालमा हुने नेपाली दुतावासले जनाएको छ। 

सीमा क्षेत्रको सुरक्षाका विषयमा दुर्इ देशबीच हरेक वर्ष यस्तो बैठक हुन थालेको छ। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार

अन्य समाचार पढ्नुहोस्