नुवाकोट– नुवाकोटको तादी खोलाले बगाएर दुप्चेश्वर गाउँपालिका–७ शिखरबेँसीका १८ वर्षीय राम पण्डित वेपत्ता भएका छन्।
दुप्चेश्वर मन्दिर नजिकै तादी खोलामा बिहीबार पौडी खेल्ने क्रममा पण्डितलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।
साथीसँग खोलामा पौडी खेल्ने क्रममा खोलाले बगार्इ बेपत्ता भएका युवा पण्डितको स्थानीय बासिन्दा, आफन्त तथा प्रहरीले खोजी गरिरहेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।