विराटनगर– मोरङमा २५ किलोग्राम हरिणको मासुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
कानेपोखरी गाउँपालिका–७ स्थित दही खोलाबाट सुन्दर–हरैचा नगरपालिका–२ घर भई इटहरी उप–महानगरपालिका–४ बस्ने २१ वर्षीय अजय चौधरी र मोरङ ग्रामथान गाउँपालिका–७ का ३६ वर्षीय मोहनप्रसाद सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो।
हरिणको सिकार गरी टुक्रा पारेर को१ज २४८५ नम्बरको म्याजिक भ्यानमा राखिएको अवस्थामा दुवैलाई नियन्त्रणमा लिइएको प्रहरी चौकी कानेपोखरीले जनाएको छ। पक्राउ परेकामध्ये चौधरी म्याजिकका चालक हुन्।
बरामद गाडी र मासुसहित दुबैजनालाई आवश्यक कारबाहीका लागि इलाका वन कार्यालय कानेपोखरीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।