काठमाडौं– शनिबार भएको आफ्नो प्रदर्शनमा 'सरकारी दमनको’ विरोध गर्दै नेपाली कांग्रेस निकट तरुण दलले आज विरोध प्रर्दशन गरेको छ।
तरुण दलले ७७ वटै जिल्लामा विरोध प्रर्दशन आयोजना गरेको हो।
काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडि गरिएको प्रर्दशनमा तरुण दलले सरकार विरोधी नारा लगाएका छन्। उनीहरुले डा गोविन्द केसीको माग पूरा गर्न सकारलाई दबाब पनि दिएका छन्। माइतीघरबाट सुरु भएको कार्यक्रममा तरुण दलका नेता तथा कार्यकता सहभागी भएका थिए। विरोध र्यालीपछि ताल्चा र साङ्लो प्रमुख जिल्लालाई हस्तान्तरण गर्ने बताइएको छ। जनताको मुख बन्द गरिएको भन्दै त्यसको प्रतीक स्वरुप ताल्चा बुझाउन लागेको तरुण दलले जनाएको छ।
विरोध पछिको कोण सभामा बोल्दै तरुण दलका नेताहरुले शान्तिपूर्ण रुपमा गरिएको प्रदर्शनमा सरकारले आक्रमण गरेको आरोप लगाए। वर्तमान सरकारको सशक्त प्रतिवाद गर्ने उनीहरुले बताए।
शनिबार डा. गोविन्द केसीको मागमा समर्थन गर्दै निकालेको विरोध र्यालीमा प्रहरीसँगको झडपमा तरुण दलका दलका अध्यक्ष जीतजंग बस्नेत सहित चार दर्जन घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।