काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगी उनले प्रधानमन्त्रीलाई त्यसबारे ध्यानाकर्षण गराएका हुन्।
शनिबार बानेश्वरमा तरुण दलले गरेको प्रदर्शनमा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको थियो। जसमा तरुण दलका अध्यक्ष जितजंग बस्नेत लगायत घाइते भएका थिए। डा गोविन्द केसीको माग पूरा गर्न दबाब दिन तरुण दलले प्रदर्शन गरेको थियो।
त्यस्तै शनिबार नै त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने क्रममा नेविसंघका कार्यकर्ताहरु पक्राउ परेका थिए।
आफुहरुको आन्दोलनलाई दमन गर्ने प्रयास गरे थप सशक्त रुपमा प्रतिवाद गर्ने देउवाले चेतावनी दिएको उनका एक सहयोगीले बताए।
भेटमा देउवाले तत्काल डा केसीसँग सार्थक वार्ता गर्न पनि प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।