भैरहवा– भारतको उतर प्रदेशस्थित महाराजगन्ज जिल्लाको नौतुन्वा र सुनौलीमा पर्ने कोत्वालीमा भएको सवारी दुर्घटनामा २ नेपालीको मृत्यु भएको छ।
दुर्घटना परी रुपन्देही ओमसतिया-४ का ३० वर्षीय विमल चौधरी र सोही स्थानका २६ वर्षीय हिबदरिनाथ चौधरीको मृत्यु भएको हो।
युपी ५३ एपी ५९४० नम्बरको ट्रकले उनीहरु चढेको लु३६प ५५७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मृतकको शव अहिलेसम्म नेपाल नल्याएको प्रहरीले जनाएको छ। ट्रकका चालक फरार रहेको भारतीय प्रहरीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।