पोखरा– गण्डकी प्रदेशसभालाई सम्बोधन गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवरोध गर्न पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
अनसनरत डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै प्रदेशसभा भवनमा विरोध गर्न उत्रिएका नयाँशक्ति विद्यार्थी युनियनसहित अन्य विद्यार्थी संगठनका २५ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले नयाँशक्ति विद्यार्थी युनियनका संगीत लामिछानेसहित २५ जना प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई नियन्त्रणमा लिएको हो।
विद्यार्थीले प्रधानमन्त्रीको विरोधमा नाराबाजी गर्नुका साथै कालो झन्डा समेत देखाएका थिए। नेपाल विद्यार्थी संघ कास्कीले समेत पोखराका विभिन्न ठाउँमा प्रधानमन्त्रीलाई कालो झन्डा देखाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।