काठमाडौं- जुम्लामा २० दिनदेखि अनसनरत डा गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा छाता जुलुस निकालिएको छ।
केसीका समर्थकहरुले माफियाको इशारामा चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै विरोधस्वरुप छाता जुलुस निकालेका हुन्। केसीले संसदमा दर्ता भएको विधेयक फिर्ता लिए मात्र वार्ता हुने भन्दै आए पनि सरकार भने त्यसको लागि तयार भएको छैन।
डा केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गए पनि सरकारले उनको मागमा बेवास्ता गरेको भन्दै नागरिक समाज र विद्यार्थीले छाता जुलुस निकालेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।